अपाङ्गता भएका व्यक्तिहरूको आर्थिक सबलीकरण तथा समावेशी रोजगारको लागि यु.एस.एआईडी (USAID) को सहयोग एवम् डिसेबिलिटी एन्ड डेब्लोपमेण्ट पार्टनर डी.डी.पी युकेको कार्यान्वयनमा  नेपाल अपाङ्ग मानव अधिकार केन्द्र, अपाङ्गता भएका महिलाहरूको महासङ्घ नेपाल, परिलक्षित संस्था, श्रुति- राष्ट्रिय सुस्त श्रवण तथा पछि बहिरा भएकाहरूको संस्था    र अपाङ्ग कल्याण सङ्घ धादिङको साझेदारीमा सञ्चालन हुन लागेको सक्क्षम सेन्ट्रलको  परिचयात्मक कार्यक्रम हालै काठमाण्डौँ र धादिङ्गमा सम्पन्न भएको छ ।  नेपाल अपाङ्ग मानव अधिकार केन्द्रका अध्यक्ष तारा वदन सेडाईको अध्यक्षता तथा गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख सान्नानी लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो कार्यक्रममा नेपाल सरकार महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका उपसचिव एवं अपाङ्गता अधिकार प्रवर्धन शाखाका शाखा प्रमुख जमुना मिश्र, गोकर्णेश्वर नगरपालिका वडा ५ का वडा अध्यक्ष एवं नगरपालिका प्रवक्ता नारायण बहादुर सुबेदी, नेपाल अपाङ्ग मानव अधिकार केन्द्रका संस्थापक अध्यक्ष तथा राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालका पूर्व अध्यक्ष सुदर्शन सुबेदी, राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालका अध्यक्ष देवीदत्त आचार्य, यु.एस.एडका प्रतिनिधि निरुपमा राई लगायतको आतिथ्यता रहेको थियो भने  अपाङ्गता क्षेत्रमा काम गर्ने सङ्घ सस्थाका प्रमुख एवं प्रतिनिधिहरू सहित ७० जना भन्दा बढीको उपस्थिति रहेको थियो ।

१ नोभेम्बर २०२२ देखि सुरु भएर ३० अक्टोबर २०२५ सम्म सन्चालन हुने यु.एस.एआईडी सक्क्षम सेन्ट्रल कार्यक्रमको मूल उद्देश्य अपाङ्गता भएका व्यक्तिहरुको परिचालन, तालिम र जीविकोपार्जन मार्फत ग्रामिण र शहरी क्षेत्रमा अपाङ्गता भएका व्यक्तिहरुको आर्थिक सशक्तिकरण र राष्ट्रिय स्तरमा समावेशी रोजगार प्रवर्धन गर्नु रहेको छ । गोकर्णेश्वर नगरपालिका, काठमाडौ महानगरपालिका र थाक्रे गाउँपालिका, धादिङ परियोजना स्थल रहेका यु.एस.एआईडी सक्क्षम सेन्ट्रल कार्यक्रम मार्फत अपाङ्गता भएका व्यक्तिहरू, स्थानीय सरकार र सरोकारवाला निकायहरू लक्षित समूहमा पर्दछन । जीविकोपार्जन मार्फत ३६० जना अपाङ्गता भएका व्यक्ति (५०% भन्दा बढी अपाङ्गता भएका महिला) जसमा १८० थाक्रे गाउँपालिका र १८० गोकर्णेश्वर नगरपालिका र २२४ जना अपाङ्गता भएका व्यक्तिहरु जस अन्तर्गत १३० जनाले कम्प्युटर तालिम, ६० जनाले व्यावसायिक तालिम, ३४ जनाले लोक सेवा तयारी कक्षाको अवसर प्राप्त गरी यस प्ररियोजना मार्फत प्रत्यक्ष लाभ लिनेछन । उक्त यु.एस.एआईडी सक्क्षम सेन्ट्रल कार्यक्रममा परिचयात्मक कार्यक्रम, कर्मचारी तालिम, टेलिभिजन तथा रेडियो कार्यक्रम निर्माण तथा प्रसारण र मासिक पत्रिका प्रकाशन, २० वटा समूह निर्माण गरी (१० वटा थाक्रे/१० वटा गोकर्णेश्वरमा), समूह सञ्चालन सम्बन्धी तालिम, नेतृत्व विकास, वकालत तथा अपाङ्गता अधिकार सम्बन्धी तालिम, जीविकोपार्जन कार्यक्रम, समावेशी रोजगारको लागि मिडिया मार्फत वकालत, बजारको आवश्यकता मुल्याङ्कन, १३० जना अपाङ्गता भएका व्यक्तिहरुलाई कम्प्युटर तालिम, ६० जनालाई व्यावसायिक तालिम,३४ जनालाई लोक सेवा तयारी कक्षा, सफलताका कथा तथा भिडियो प्रकाशन तथा प्रसारण, पुनर्स्थापना तथा परामर्शको लागि सिफारिस तथा समन्वय, समावेशी रोजगारीको लागि अभियान र उत्कृष्ट रोजगार दातालाई सम्मान यु.एस.एआईडी सक्क्षम सेन्ट्रलका प्रमुख कार्यक्रमहरु रहेका छन ।

समावेशी र समतामुलक समाजको निर्माणको लागि सामाजिक, आर्थिक र राजनीतिक तहमा अपाङ्गता भएका महिलाहरुले अर्थपूर्ण सहभागिताका साथ अन्य नागरिक सरह सम्मानीत एवम् गुणस्तरिय जीवनयापनको परिकल्पनाका साथ अपाङ्गता भएका महिलाहरूको मानव अधिकारको प्रवर्द्धन तथा संरक्षणमा गर्ने उदेश्यले वि.स. २०७७ सालमा स्थापना भएको अपाङ्गता भएका महिलाहरूको नेतृत्वमा रहेको एउटा छाता संगठन हो । अपाङ्गता भएका महिलाहरुको ९ सदस्य संस्थाहरुद्वारा सुरु गरिएको अपाङ्गता भएका महिलाहरुको महासंघ अहिले नेपालसँग ७ वटै प्रदेशमा अपाङ्गता भएका महिलाहरुको सञ्जाल रहेको छ । शिक्षा, स्वास्थ्य, रोजगार, सामाजिक सुरक्षा, सञ्चार, पुर्नःस्थापना र खेलकूद लगायत अपाङ्गता भएका महिला र बालिकासँग सम्बन्धित अनुसन्धान तथा बिबिध कार्यहरु मार्फत सहजीकरण, सचेतना अभिबृद्धि तथा पैरवी जस्ता कार्यहरु अघि बढाइरहेको अपाङ्गता भएका महिलाहरुको महासंघ नेपाल यु.एस.एआईडी सक्क्षम सेन्ट्रल कार्यक्रमको एक साझेदार सस्थाको रुपमा रहेको छ । यु.एस.एआईडी सक्क्षम सेन्ट्रल परियोजना अन्तर्गत महासंघले काठमाडौ जिल्लाको गोकर्णेश्वर नगरपालिकामा रहेका १८० अपाङ्गता भएका व्यक्ति, त्यसमा पनि विशेष गरी अपाङ्गता भएका महिलालाई प्राथमिकताका साथ जीविकोपार्जनमा जोड्ने छ भने १० वटा समूहहरु निर्माण गरी बिउ पुजी मार्फतको रकमलाई परिक्रमा कोष (revolving fund) को रुपमा समूहमा परिचालन गर्नेछ । यति मात्रै नभई उक्त समूहका सदस्यहरूलाई क्षमता विकास तथा जीविकोपार्जन तालिमका लागि  महासंघले नेतृत्व लिनेछ ।

त्यसैगरी यु.एस.एआईडी सक्क्षम सेन्ट्रल परियोजनाको अर्को साझेदार सस्था हो श्रुति (राष्ट्रिय सुस्त श्रवण तथा पछि बहिरा भएकाहरूको संस्था) । श्रुति संस्था स्वयम सुस्त श्रवण तथा पछि बहिरा भएका व्यक्तिहरुद्वारा आफुले भोगेको समस्याको आधारमा आफ्नो समस्या समाधानका लागि एकजुट भएर सुस्त श्रवण र पछि बहिरा भएका व्यक्तिहरूका मुद्दा तथा सवालहरुलाई  सम्बोधन गर्ने उद्देश्यका साथ वि. सं. २०६९ सालमा स्थापना भएको सामाजिक संस्था हो । सुनाई क्षमतामा कमि भएका व्यक्तिहरुको पहिचान गरी  उनिहरुसँग सम्पर्क बढाउने, उनीहरुका समस्या समाधानका लागि सहयोग गर्ने,सुनाई क्षमतामा कमी भएका व्यक्तिहरुका अधिकारको बारेमा आवाज उठाउने, जनचेतनाको अभिवृद्दी लगायतका सवालमा कार्य गरिरहेको श्रुतिले सक्क्षम सेन्ट्रल कार्यक्रम अन्तर्गत काठमाडौ जिल्लामा रहेका १३० जना अपाङ्गता भएका व्यक्तिहरुलाई समावेशी रोजगारमा समावेश गर्न कम्प्युटर तालिम प्रदान गर्न नेतृत्वदायी भूमिका खेल्नेछ ।

बि.सं. २०५८ सालमा स्थापना भएको परिलक्षित संस्थाले अपाङ्गता भएका र दलित, महिला, जनजाती तथा अति सिमान्तकृत व्यक्तिहरुका लागि छात्रवृत्ति तथा शसक्तिकरण कार्यक्रम संचालन गदै आईरहेको छ । अपाङ्गता भएका र दलित, महिला, जनजाती तथा अति सिमान्तकृत व्यक्तिहरुका लागि छात्रवृति वितरण, शैक्षिक सामाग्री वितरण, सिपमुलक क्षमता अभिवृद्घि तालिम, बहिरा विद्यार्थीहरुको शिक्षक/शिक्षिकाहरुका लागि साकेतिक भाषा तालिम, अपाङ्गता भएका व्यक्तिहरुको जीविकोपार्जन सुधारका लागि कृषि तथा पशुपछी सम्बन्धि तालिम, समुह शसक्तिकरण सबन्धी तालिम, व्यावसायिक ( सिलाइ, ब्उटिपालर ,रिप्रेरिङ्ग ) तालिम कार्यक्रमहरु रहेको परिलक्षित सस्था यु.एस.एआईडी सक्क्षम सेन्ट्रल परियोजनाको अर्को साझेदार सस्था हो । यस सस्थाले यु.एस.एआईडी सक्क्षम सेन्ट्रल परियोजना अन्तर्गत ६० जना अपाङ्गता भएका व्यक्तिहरुलाई व्यावसायिक तालिम र ३४ जना अपाङ्गता भएका व्यक्तिहरुलाई लोक सेवा तयारी कक्षाहरु सन्चालन गर्नेछ ।

अपाङ्गता भएका व्यक्तिहरुद्वारा अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकार स्थापित एवम् संरक्षण तथा संवर्द्धन गर्ने उद्देश्यका साथ वि.सं २०५६ सालमा स्थापना भएको नेपाल अपाङ्ग मानव अधिकार केन्द्र  नेपाल सरकार, नागरिक समाज र निजी क्षेत्रसँग सहकार्य गर्दै आइरहेको राष्ट्रिय स्तरको एक गैर सरकारी संस्था हो । अपाङ्गता भएका व्यक्तिहरुलाई निशुल्क कानुनी सहायता उपलब्ध गराउनुका साथसाथै यो सस्थाले रेडियो कार्यक्रम (हरेक हप्ताको आईतबार विहान ७:३०-८:०० बजे रेडियो कान्तिपुरबाट प्रसारण भईरहेको), अपाङ्ग आवाज मासिक पत्रिका प्रकाशन र अपाङ्गता आवाज टेलिभिजन कार्यक्रम (हरेक हप्ताको विहिबार बेलुका ६:००- ६:३० बजे सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सहयोगमा नेपाल टेलिभिजनबाट प्रशारण भईरहेको ) जस्ता माध्यमहरुको प्रयोग गरी अपाङ्गता भएका व्यक्तिहरुका सवालहरुलाई आम जनमानसम्म पुर्याइ उनीहरुका हक हित एवम् अधिकारहरुलाई सुनिश्चित गर्न सघाउ पुग्ने जस्ता कार्यहरु गर्दै आइरहेको यो सस्था यु.एस.एआईडी सक्क्षम सेन्ट्रल कार्यक्रमको लागि नेपालको प्रमुख साझेदार सस्था हो । यस परियोजना अन्तर्गत समावेशी रोजगारको लागि मिडिया मार्फत वकालत, बजारको आवश्यकता मुल्याङ्कन, सफलताका कथा तथा भिडियो प्रकाशन तथा प्रसारण, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, अपाङ्गता सम्बन्धी काम गर्ने संघ संस्था, रोजगारदाता, उद्योग वाणिज्य महासंघ जस्ता संघ सस्थाहरुसँगको समन्वय एवम् सहकार्यमा steering group निर्माण, अपाङ्गता भएका व्यक्तिहरुलाई अन्य नागरिक सरह रोजगारीमा समावेश गर्न वकालता तथा पैरवी जस्ता कार्यक्रमहरु  नेपाल अपाङ्ग मानव अधिकार केन्द्रले गर्ने छ ।

Leave a Reply

Your email address will not be published.

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>