participants with banner

एसेस प्लानेटको आयोजना एवं बाग्मती प्रदेश सामाजिक विकास मन्त्रालय र नेपाल रेडक्रस सोसाइटी सब च्याप्टर बालकोको साझेदारीमा सञ्चालन गरेको अपाङ्गता भएका युवाहरूका लागि प्रविधिमा आधारित रोजगारी सम्बन्धी सीप विकास तालिम सम्पन्न भएको छ । समापन कार्यक्रममा सूर्य विनायक नगरपालिका उपप्रमुख सरिता भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त तालिममा उद्योग वाणिज्य सङ्घ भक्तपुरका अध्यक्ष शिव मानन्धर विशिष्ट अतिथि रहनुभएको थियो भने भक्तपुरमा रहेका अपाङ्गता क्षेत्रमा काम गर्ने सङ्घसस्थाका प्रतिनिधिहरूको आतिथ्यता रहेको थियो  ।  समापन कार्यक्रममा रोजगारी सम्बन्धी तालिमका सहभागी र गते २०७८ चैत्र २९ गते ब्रिटिश काउन्सिल नेपालको साझेदारीमा सम्पन्न गरिएको कविता प्रतियोगिताका सहभागीहरूलाई प्रमाण पत्रसमेत प्रदान गरिएको थियो । कार्यक्रममा बोल्दै उद्योग वाणिज्य सङ्घ भक्तपुरका अध्यक्ष शिव मानन्धरले आफूले अपाङ्गता भएका व्यक्तिहरूको रोजगारीका निम्ति पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । प्रमुख अतिथिसमेत रहनुभएका सूर्यविनायक नगरपालिका उपप्रमुख सरिता भट्टराईले ऊ आफ्नो ५ वर्षीय कार्यकालमा अपाङ्गता भएका व्यक्तिहरूको सवाललाई समेटेर लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो  ।

Leave a Reply

Your email address will not be published.

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>