स्वाबलम्बन जीवनपद्धति केन्द्र – पोखराको आयोजना तथा Mobility International USA (MIUSA) को सहयोगमा अपाङ्गता अधिकार ऐन र नीति लागू गर्न अपाङ्गता अधिकार परिचालन गर्ने  उदेश्यले अपाङ्गता समावेशी कार्यक्रम सम्बन्धी सरकारी सरोकारवालाहरुका लागि दुई दिने तालिम  पोखरामा सम्पन्न भएको छ । गण्डकी प्रदेश भित्रका पालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा सामाजिक विकास शाखा प्रमुखहरुका साथै १० प्रकारका अपाङ्गता भएका व्यक्तिहरुको सहभागिता रहेको सो तालिममा  अपाङ्गता भएका व्यक्तिहरुले भोग्नुपरेका समस्याहरुको बारेमा जानकारी गराएका थिए । तालिममा अपाङ्गता भएका व्यक्तिहरुका वर्तमान मुद्दाहरू र तिनको अक्षमताको अवधारणा तथा वर्गीकरण, अपाङ्गता समावेशीताका लागि अपाङ्गता भएका व्यक्तिहरूको पहुँच, गण्डकी प्रदेशमा अपाङ्गता अधिकार र नीति र त्यसको कार्यान्वयन, अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी महासन्धि UNCRPD, अपाङ्गता भएका व्यक्तिहरुसँग दिगो विकास लक्ष्य साथै समावेशीकरणका समस्याहरूको समाधान लगायतका सवालमा गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रालयको तर्फबाट हेमराज सुवेदी, स्वाबलम्बन जीवनपद्धति केन्द्र-पोखराका अध्यक्ष हेमबहादुर गुरुङ, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल गण्डकी प्रदेशका अध्यक्ष खोमराज शर्मा, एबिलिस फाउन्डेसनका लागि नेपाल प्रतिनिधि तथा एडराड नेपालका संस्थापक अध्यक्ष वीरेन्द्रराज पोखरेल र स्वाबलम्बन जीवनपद्धति केन्द्र-पोखराका महासचसव अञ्जना केसीले आआफ्नो प्रस्तुतीकरण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published.

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>