अपाङ्गता भएका व्यक्तिहरुको कानुनी व्यवस्था तथा सेवा सुविधा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

४ असार २०८०, सुन्ताखान

नेपाल अपाङ्ग मानव अधिकार केन्द्रले गोकर्णेश्वर नगरपालिकाको सहयोगमा गोकर्णेश्वर नगरपालिका  वडा नम्बर ३  सुन्ताखानामा अपाङ्गता भएका व्यक्तिहरुको कानुनी व्यवस्था तथा सेवा सुविधा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल अपाङ्ग मानव अधिकार केन्द्रका कार्यकारी निर्देशक जगदीश प्रसाद अधिकारीको अध्यक्षता तथा गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख सान्नानी लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो अभिमुखीकरण कार्यक्रम गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष मुरारी प्रसाद कुइकेलको विशेष आतिथ्यता रहेको थियो भने सोहि वडाका वडा सदस्य लक्ष्मी भण्डारी, गोकर्णेश्वर नगरपालिकाका समाज कल्याण तथा सामाजिक समावेशिकरण शाखाका शाखा प्रमुख गोमा प्रसाई र सोहि शाखाका शाखा अधिकृत भिमा थापा र अपाङ्गता भएका महिलाहरुको महासंघ नेपालका अध्यक्ष निर्मला धितालको आतिथ्यता रहेको थियो ।

गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ भित्र बसोबास गर्ने विभिन्न प्रकृतीका अपाङ्गता भएका व्यक्तिहरु र उहाँहरुका अभिभावकहरुको सहभागिता रहेको उक्त कार्यक्रममा नेपाल अपाङ्ग मानव अधिकार केन्द्रका कार्यकारी निर्देशक जगदीश प्रसाद अधिकारीले अपाङ्गता भएका व्यक्तिहरुको कानुनी व्यवस्था तथा सेवा सुविधा सम्बन्धी अभिमुखीकरण गराउदै राज्यले प्रदान गरेका सेवा सुविधा अपाङ्गता भएका व्यक्तिहरुले निसर्त उपभोग गर्न पाउनुपर्ने बताउनुभएको थियो ।

त्यसैगरी अपाङ्गता क्षेत्रमा लामो समयदेखि क्रियाशिल अधिकारक्रमी एवम् अपाङ्गता भएका महिलाहरुको महासंघ नेपालका अध्यक्ष निर्मला धितालले नेपाल सरकारले अपाङ्गता भएका व्यक्तिहरुलाई व्यवस्था गरेका विभिन्न सेवा सुविधाहरु बारे सहभागिहरुलाई जानकारी गराउनुभएको थियो ।

कार्यक्रमको विषेश अतिथि समेत रहनुभएका गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष मुरारी प्रसाद कुइकेलले अपाङ्गता भएका व्यक्तिहरुलाई अभिमुखीकरण गराउनुभएकोमा आयोजक सस्था प्रति धन्यवाद व्यक्त गर्नुहुदै वडाको तर्फबाट आगामी दिनमा यस्ता कार्यक्रमहरु आयोजना गरिने प्रतिबद्दता व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उक्त कार्यक्रमका प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख सान्नानी लामाले अपाङ्गता भएका व्यक्तिहरुका हक अधिकार स्थापित गर्न नगरपालिका लागिरहेको र आगामी दिनमा पनि यस्ता अभिमुखिकरण कार्यक्रममा नगरपालिकाको तर्फबाट प्राथमिकताका साथ अगाडी बढाइने  धारणा राख्नुभएको थियो ।

३० जना भन्दा बढिको सहभागिता रहेको सो अभिमुखिकरण कार्यक्रममा सहभागि अधिकाशं अपाङ्गता भएका व्यक्तिहरुले कार्यक्रममा सहभागि भएर आफ्ना हक अधिकार सेवा सुविधा थाहा पाउने अवसर प्राप्त भएको प्रतिक्रिया जनाउनुभएको थियो ।

Meeting with CloudFactory Nepal

Nepal Disabled Human Rights Center ’s Executive Director Mr.Jagadish Prasad Adhikari and Media Coordinator Mr.Nabaraj Soti had a fruitful meeting with Ms. Urika Karmacharya, Projects Administrator & Mr.Sakchyam Joshi, Community Officer from CloudFactory Nepal at their Headquarter Jhamsikhel Lalitpur. We thanks the Cloud Factory team for their great contribution in promoting employment opportunities for persons with disabilities in Nepal. They also shared about creating more job opportunities for persons with disabilities in upcoming days by joint effort with DHRC Nepal.
We would like to express gratitude to Cloud Factory team for their valuable time to Nepal Disabled Human Rights Center team !!

नेपाल अपाङ्ग संघका सस्थापक अध्यक्ष खगेन्द्र बहादुर बस्नेतको ९५ औ जन्मजयन्ती समारोह तथा ५३ औँ स्थापना दिवस सम्पन्न ।

नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रका सस्थापक अध्यक्ष खगेन्द्र बहादुर बस्नेतको ९५ औ जन्मजयन्ती समारोह तथा ५३ औँ नेपाल अपाङ्ग संघ स्थापना दिवस भव्यताका साथ काठमाण्डौँको जोरपाटी स्थित नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रमा सम्पन्न भएको छ ।

नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रका अध्यक्ष साम्देन लामाको अध्यक्षता तथा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक रिसालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो समारोहमा गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख सान्नानी लामा, वडा ६  का वडा अध्यक्ष नवराज लामा, अर्थपेडिक अस्पतालका पुर्व मेडिकल डाइरेक्टर अनिल बहादुर श्रेष्ठ, वर्तमान मेडिकल डाइरेक्टर कैलाश राज भण्डारी, एसोएस बालग्राम जोरपाटीका प्रमुख सिदार्थ शाक्य, गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटा, बिआइए फ़ाउन्डेशनका प्रमुख गोकर्ण ढुङ्गाना, जोरपाटी वृत्तका ट्राफिक इन्चार्ज उपेन्द्र खरेल लगायतको आतिथ्यता रहेको थियो ।

नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रका सस्थापक अध्यक्ष खगेन्द्र बहादुर बस्नेतको ९५ औ जन्मजयन्ती तथा ५३ औ नेपाल अपाङ्ग संघ स्थापना दिवस अवसर पारी अपाङ्गता भएका व्यक्तिहरु लक्षित चित्रकला प्रतियोगिता, बोसिया, व्हीलचियर बास्केटबल, टेबुल टेनिस, घ्याम्पु फुटाउने लगायतका खेलकुद प्रतियोगिताको आयोजना गरि सो समारोहमा पुरस्कार वितरण गरिएको नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रका सस्थापक अध्यक्ष खगेन्द्र बहादुर बस्नेतको ९५ औ जन्मजयन्ती तथा ५३ औ नेपाल अपाङ्ग संघ स्थापना दिवस विशेष खेलकुद संयोजक धुर्व चौलागाईले जानकारी दिनुभएको छ। चौलागाईका अनुसार प्रत्येक खेलमा प्रथम हुनेलाई ३ हजार, दृतिय हुनेलाई २ हजार र तृतीय हुनेलाई १ हजारको व्यवस्था गरिएको थियो ।

अपाङ्गता समावेशी कार्यक्रम सम्बन्धी सरकारी सरोकारवालाहरुका लागि दुई दिने तालिम पोखरामा सम्पन्न

स्वाबलम्बन जीवनपद्धति केन्द्र – पोखराको आयोजना तथा Mobility International USA (MIUSA) को सहयोगमा अपाङ्गता अधिकार ऐन र नीति लागू गर्न अपाङ्गता अधिकार परिचालन गर्ने  उदेश्यले अपाङ्गता समावेशी कार्यक्रम सम्बन्धी सरकारी सरोकारवालाहरुका लागि दुई दिने तालिम  पोखरामा सम्पन्न भएको छ । गण्डकी प्रदेश भित्रका पालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा सामाजिक विकास शाखा प्रमुखहरुका साथै १० प्रकारका अपाङ्गता भएका व्यक्तिहरुको सहभागिता रहेको सो तालिममा  अपाङ्गता भएका व्यक्तिहरुले भोग्नुपरेका समस्याहरुको बारेमा जानकारी गराएका थिए । तालिममा अपाङ्गता भएका व्यक्तिहरुका वर्तमान मुद्दाहरू र तिनको अक्षमताको अवधारणा तथा वर्गीकरण, अपाङ्गता समावेशीताका लागि अपाङ्गता भएका व्यक्तिहरूको पहुँच, गण्डकी प्रदेशमा अपाङ्गता अधिकार र नीति र त्यसको कार्यान्वयन, अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी महासन्धि UNCRPD, अपाङ्गता भएका व्यक्तिहरुसँग दिगो विकास लक्ष्य साथै समावेशीकरणका समस्याहरूको समाधान लगायतका सवालमा गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रालयको तर्फबाट हेमराज सुवेदी, स्वाबलम्बन जीवनपद्धति केन्द्र-पोखराका अध्यक्ष हेमबहादुर गुरुङ, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल गण्डकी प्रदेशका अध्यक्ष खोमराज शर्मा, एबिलिस फाउन्डेसनका लागि नेपाल प्रतिनिधि तथा एडराड नेपालका संस्थापक अध्यक्ष वीरेन्द्रराज पोखरेल र स्वाबलम्बन जीवनपद्धति केन्द्र-पोखराका महासचसव अञ्जना केसीले आआफ्नो प्रस्तुतीकरण गर्नुभएको थियो ।

सक्क्षम सेन्ट्रलको परिचयात्मक कार्यक्रम विशेष सामाग्री

अपाङ्गता भएका व्यक्तिहरूको आर्थिक सबलीकरण तथा समावेशी रोजगारको लागि यु.एस.एआईडी (USAID) को सहयोग एवम् डिसेबिलिटी एन्ड डेब्लोपमेण्ट पार्टनर डी.डी.पी युकेको कार्यान्वयनमा  नेपाल अपाङ्ग मानव अधिकार केन्द्र, अपाङ्गता भएका महिलाहरूको महासङ्घ नेपाल, परिलक्षित संस्था, श्रुति- राष्ट्रिय सुस्त श्रवण तथा पछि बहिरा भएकाहरूको संस्था    र अपाङ्ग कल्याण सङ्घ धादिङको साझेदारीमा सञ्चालन हुन लागेको सक्क्षम सेन्ट्रलको  परिचयात्मक कार्यक्रम हालै काठमाण्डौँ र धादिङ्गमा सम्पन्न भएको छ ।  नेपाल अपाङ्ग मानव अधिकार केन्द्रका अध्यक्ष तारा वदन सेडाईको अध्यक्षता तथा गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख सान्नानी लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो कार्यक्रममा नेपाल सरकार महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका उपसचिव एवं अपाङ्गता अधिकार प्रवर्धन शाखाका शाखा प्रमुख जमुना मिश्र, गोकर्णेश्वर नगरपालिका वडा ५ का वडा अध्यक्ष एवं नगरपालिका प्रवक्ता नारायण बहादुर सुबेदी, नेपाल अपाङ्ग मानव अधिकार केन्द्रका संस्थापक अध्यक्ष तथा राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालका पूर्व अध्यक्ष सुदर्शन सुबेदी, राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालका अध्यक्ष देवीदत्त आचार्य, यु.एस.एडका प्रतिनिधि निरुपमा राई लगायतको आतिथ्यता रहेको थियो भने  अपाङ्गता क्षेत्रमा काम गर्ने सङ्घ सस्थाका प्रमुख एवं प्रतिनिधिहरू सहित ७० जना भन्दा बढीको उपस्थिति रहेको थियो ।

१ नोभेम्बर २०२२ देखि सुरु भएर ३० अक्टोबर २०२५ सम्म सन्चालन हुने यु.एस.एआईडी सक्क्षम सेन्ट्रल कार्यक्रमको मूल उद्देश्य अपाङ्गता भएका व्यक्तिहरुको परिचालन, तालिम र जीविकोपार्जन मार्फत ग्रामिण र शहरी क्षेत्रमा अपाङ्गता भएका व्यक्तिहरुको आर्थिक सशक्तिकरण र राष्ट्रिय स्तरमा समावेशी रोजगार प्रवर्धन गर्नु रहेको छ । गोकर्णेश्वर नगरपालिका, काठमाडौ महानगरपालिका र थाक्रे गाउँपालिका, धादिङ परियोजना स्थल रहेका यु.एस.एआईडी सक्क्षम सेन्ट्रल कार्यक्रम मार्फत अपाङ्गता भएका व्यक्तिहरू, स्थानीय सरकार र सरोकारवाला निकायहरू लक्षित समूहमा पर्दछन । जीविकोपार्जन मार्फत ३६० जना अपाङ्गता भएका व्यक्ति (५०% भन्दा बढी अपाङ्गता भएका महिला) जसमा १८० थाक्रे गाउँपालिका र १८० गोकर्णेश्वर नगरपालिका र २२४ जना अपाङ्गता भएका व्यक्तिहरु जस अन्तर्गत १३० जनाले कम्प्युटर तालिम, ६० जनाले व्यावसायिक तालिम, ३४ जनाले लोक सेवा तयारी कक्षाको अवसर प्राप्त गरी यस प्ररियोजना मार्फत प्रत्यक्ष लाभ लिनेछन । उक्त यु.एस.एआईडी सक्क्षम सेन्ट्रल कार्यक्रममा परिचयात्मक कार्यक्रम, कर्मचारी तालिम, टेलिभिजन तथा रेडियो कार्यक्रम निर्माण तथा प्रसारण र मासिक पत्रिका प्रकाशन, २० वटा समूह निर्माण गरी (१० वटा थाक्रे/१० वटा गोकर्णेश्वरमा), समूह सञ्चालन सम्बन्धी तालिम, नेतृत्व विकास, वकालत तथा अपाङ्गता अधिकार सम्बन्धी तालिम, जीविकोपार्जन कार्यक्रम, समावेशी रोजगारको लागि मिडिया मार्फत वकालत, बजारको आवश्यकता मुल्याङ्कन, १३० जना अपाङ्गता भएका व्यक्तिहरुलाई कम्प्युटर तालिम, ६० जनालाई व्यावसायिक तालिम,३४ जनालाई लोक सेवा तयारी कक्षा, सफलताका कथा तथा भिडियो प्रकाशन तथा प्रसारण, पुनर्स्थापना तथा परामर्शको लागि सिफारिस तथा समन्वय, समावेशी रोजगारीको लागि अभियान र उत्कृष्ट रोजगार दातालाई सम्मान यु.एस.एआईडी सक्क्षम सेन्ट्रलका प्रमुख कार्यक्रमहरु रहेका छन ।

समावेशी र समतामुलक समाजको निर्माणको लागि सामाजिक, आर्थिक र राजनीतिक तहमा अपाङ्गता भएका महिलाहरुले अर्थपूर्ण सहभागिताका साथ अन्य नागरिक सरह सम्मानीत एवम् गुणस्तरिय जीवनयापनको परिकल्पनाका साथ अपाङ्गता भएका महिलाहरूको मानव अधिकारको प्रवर्द्धन तथा संरक्षणमा गर्ने उदेश्यले वि.स. २०७७ सालमा स्थापना भएको अपाङ्गता भएका महिलाहरूको नेतृत्वमा रहेको एउटा छाता संगठन हो । अपाङ्गता भएका महिलाहरुको ९ सदस्य संस्थाहरुद्वारा सुरु गरिएको अपाङ्गता भएका महिलाहरुको महासंघ अहिले नेपालसँग ७ वटै प्रदेशमा अपाङ्गता भएका महिलाहरुको सञ्जाल रहेको छ । शिक्षा, स्वास्थ्य, रोजगार, सामाजिक सुरक्षा, सञ्चार, पुर्नःस्थापना र खेलकूद लगायत अपाङ्गता भएका महिला र बालिकासँग सम्बन्धित अनुसन्धान तथा बिबिध कार्यहरु मार्फत सहजीकरण, सचेतना अभिबृद्धि तथा पैरवी जस्ता कार्यहरु अघि बढाइरहेको अपाङ्गता भएका महिलाहरुको महासंघ नेपाल यु.एस.एआईडी सक्क्षम सेन्ट्रल कार्यक्रमको एक साझेदार सस्थाको रुपमा रहेको छ । यु.एस.एआईडी सक्क्षम सेन्ट्रल परियोजना अन्तर्गत महासंघले काठमाडौ जिल्लाको गोकर्णेश्वर नगरपालिकामा रहेका १८० अपाङ्गता भएका व्यक्ति, त्यसमा पनि विशेष गरी अपाङ्गता भएका महिलालाई प्राथमिकताका साथ जीविकोपार्जनमा जोड्ने छ भने १० वटा समूहहरु निर्माण गरी बिउ पुजी मार्फतको रकमलाई परिक्रमा कोष (revolving fund) को रुपमा समूहमा परिचालन गर्नेछ । यति मात्रै नभई उक्त समूहका सदस्यहरूलाई क्षमता विकास तथा जीविकोपार्जन तालिमका लागि  महासंघले नेतृत्व लिनेछ ।

त्यसैगरी यु.एस.एआईडी सक्क्षम सेन्ट्रल परियोजनाको अर्को साझेदार सस्था हो श्रुति (राष्ट्रिय सुस्त श्रवण तथा पछि बहिरा भएकाहरूको संस्था) । श्रुति संस्था स्वयम सुस्त श्रवण तथा पछि बहिरा भएका व्यक्तिहरुद्वारा आफुले भोगेको समस्याको आधारमा आफ्नो समस्या समाधानका लागि एकजुट भएर सुस्त श्रवण र पछि बहिरा भएका व्यक्तिहरूका मुद्दा तथा सवालहरुलाई  सम्बोधन गर्ने उद्देश्यका साथ वि. सं. २०६९ सालमा स्थापना भएको सामाजिक संस्था हो । सुनाई क्षमतामा कमि भएका व्यक्तिहरुको पहिचान गरी  उनिहरुसँग सम्पर्क बढाउने, उनीहरुका समस्या समाधानका लागि सहयोग गर्ने,सुनाई क्षमतामा कमी भएका व्यक्तिहरुका अधिकारको बारेमा आवाज उठाउने, जनचेतनाको अभिवृद्दी लगायतका सवालमा कार्य गरिरहेको श्रुतिले सक्क्षम सेन्ट्रल कार्यक्रम अन्तर्गत काठमाडौ जिल्लामा रहेका १३० जना अपाङ्गता भएका व्यक्तिहरुलाई समावेशी रोजगारमा समावेश गर्न कम्प्युटर तालिम प्रदान गर्न नेतृत्वदायी भूमिका खेल्नेछ ।

बि.सं. २०५८ सालमा स्थापना भएको परिलक्षित संस्थाले अपाङ्गता भएका र दलित, महिला, जनजाती तथा अति सिमान्तकृत व्यक्तिहरुका लागि छात्रवृत्ति तथा शसक्तिकरण कार्यक्रम संचालन गदै आईरहेको छ । अपाङ्गता भएका र दलित, महिला, जनजाती तथा अति सिमान्तकृत व्यक्तिहरुका लागि छात्रवृति वितरण, शैक्षिक सामाग्री वितरण, सिपमुलक क्षमता अभिवृद्घि तालिम, बहिरा विद्यार्थीहरुको शिक्षक/शिक्षिकाहरुका लागि साकेतिक भाषा तालिम, अपाङ्गता भएका व्यक्तिहरुको जीविकोपार्जन सुधारका लागि कृषि तथा पशुपछी सम्बन्धि तालिम, समुह शसक्तिकरण सबन्धी तालिम, व्यावसायिक ( सिलाइ, ब्उटिपालर ,रिप्रेरिङ्ग ) तालिम कार्यक्रमहरु रहेको परिलक्षित सस्था यु.एस.एआईडी सक्क्षम सेन्ट्रल परियोजनाको अर्को साझेदार सस्था हो । यस सस्थाले यु.एस.एआईडी सक्क्षम सेन्ट्रल परियोजना अन्तर्गत ६० जना अपाङ्गता भएका व्यक्तिहरुलाई व्यावसायिक तालिम र ३४ जना अपाङ्गता भएका व्यक्तिहरुलाई लोक सेवा तयारी कक्षाहरु सन्चालन गर्नेछ ।

अपाङ्गता भएका व्यक्तिहरुद्वारा अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकार स्थापित एवम् संरक्षण तथा संवर्द्धन गर्ने उद्देश्यका साथ वि.सं २०५६ सालमा स्थापना भएको नेपाल अपाङ्ग मानव अधिकार केन्द्र  नेपाल सरकार, नागरिक समाज र निजी क्षेत्रसँग सहकार्य गर्दै आइरहेको राष्ट्रिय स्तरको एक गैर सरकारी संस्था हो । अपाङ्गता भएका व्यक्तिहरुलाई निशुल्क कानुनी सहायता उपलब्ध गराउनुका साथसाथै यो सस्थाले रेडियो कार्यक्रम (हरेक हप्ताको आईतबार विहान ७:३०-८:०० बजे रेडियो कान्तिपुरबाट प्रसारण भईरहेको), अपाङ्ग आवाज मासिक पत्रिका प्रकाशन र अपाङ्गता आवाज टेलिभिजन कार्यक्रम (हरेक हप्ताको विहिबार बेलुका ६:००- ६:३० बजे सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सहयोगमा नेपाल टेलिभिजनबाट प्रशारण भईरहेको ) जस्ता माध्यमहरुको प्रयोग गरी अपाङ्गता भएका व्यक्तिहरुका सवालहरुलाई आम जनमानसम्म पुर्याइ उनीहरुका हक हित एवम् अधिकारहरुलाई सुनिश्चित गर्न सघाउ पुग्ने जस्ता कार्यहरु गर्दै आइरहेको यो सस्था यु.एस.एआईडी सक्क्षम सेन्ट्रल कार्यक्रमको लागि नेपालको प्रमुख साझेदार सस्था हो । यस परियोजना अन्तर्गत समावेशी रोजगारको लागि मिडिया मार्फत वकालत, बजारको आवश्यकता मुल्याङ्कन, सफलताका कथा तथा भिडियो प्रकाशन तथा प्रसारण, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, अपाङ्गता सम्बन्धी काम गर्ने संघ संस्था, रोजगारदाता, उद्योग वाणिज्य महासंघ जस्ता संघ सस्थाहरुसँगको समन्वय एवम् सहकार्यमा steering group निर्माण, अपाङ्गता भएका व्यक्तिहरुलाई अन्य नागरिक सरह रोजगारीमा समावेश गर्न वकालता तथा पैरवी जस्ता कार्यक्रमहरु  नेपाल अपाङ्ग मानव अधिकार केन्द्रले गर्ने छ ।

अपाङ्गता भएका युवाहरूका लागि सीप विकास तालिम सम्पन्न ।

participants with banner

एसेस प्लानेटको आयोजना एवं बाग्मती प्रदेश सामाजिक विकास मन्त्रालय र नेपाल रेडक्रस सोसाइटी सब च्याप्टर बालकोको साझेदारीमा सञ्चालन गरेको अपाङ्गता भएका युवाहरूका लागि प्रविधिमा आधारित रोजगारी सम्बन्धी सीप विकास तालिम सम्पन्न भएको छ । समापन कार्यक्रममा सूर्य विनायक नगरपालिका उपप्रमुख सरिता भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त तालिममा उद्योग वाणिज्य सङ्घ भक्तपुरका अध्यक्ष शिव मानन्धर विशिष्ट अतिथि रहनुभएको थियो भने भक्तपुरमा रहेका अपाङ्गता क्षेत्रमा काम गर्ने सङ्घसस्थाका प्रतिनिधिहरूको आतिथ्यता रहेको थियो  ।  समापन कार्यक्रममा रोजगारी सम्बन्धी तालिमका सहभागी र गते २०७८ चैत्र २९ गते ब्रिटिश काउन्सिल नेपालको साझेदारीमा सम्पन्न गरिएको कविता प्रतियोगिताका सहभागीहरूलाई प्रमाण पत्रसमेत प्रदान गरिएको थियो । कार्यक्रममा बोल्दै उद्योग वाणिज्य सङ्घ भक्तपुरका अध्यक्ष शिव मानन्धरले आफूले अपाङ्गता भएका व्यक्तिहरूको रोजगारीका निम्ति पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । प्रमुख अतिथिसमेत रहनुभएका सूर्यविनायक नगरपालिका उपप्रमुख सरिता भट्टराईले ऊ आफ्नो ५ वर्षीय कार्यकालमा अपाङ्गता भएका व्यक्तिहरूको सवाललाई समेटेर लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो  ।

बौद्धिक अपाङ्गता भएका बालबालिकालाई आवश्यक सामग्री वितरण ।

त्रियुगा नमुना माध्यमिक विद्यालय गाईघाटमा अध्ययनरत बौद्धिक अपाङ्गता भएका बालबालिकालाई आवश्यक सामग्री वितरण गरिएको छ । त्रियुगा नमुना माविको प्राङ्गणमा एक कार्यक्रमका बिच त्रियुगा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेतको प्रमुख आतिथ्यमा खेलकुदका सामग्री लगायत पोसाक वितरण गरिएको सो कार्यक्रममा त्रियुगा नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरू, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू, शिक्षकहरू एवं अभिभावकहरूको उपस्थिति रहेको थियो । उदयपुर त्रियुगा बौद्धिक अपाङ्ग अभिभावक सङ्घका अध्यक्ष बिकेन्द्र दनुवारको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बौद्धिक अपाङ्गता अभिभावक महासङ्घ नेपालका केन्द्रिय अध्यक्ष राजु बस्नेतको विशेष आतिथ्यमा त्रियुगा माविमा अध्ययनरत ३० बौद्धिक अपाङ्ग भएका बालबालिकाहरूलाई सम्मानसहित आवश्यक सामग्री वितरण गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख बस्नेतले बौद्धिक रूपमा मात्र नभएर कुनै पनि रूपले अपाङ्ग भएका बालबालिकाहरूलाई नगरले संरक्षण गर्ने बताएका थिए । यस्तै कार्यक्रममा बोल्दै विशेष अतिथिसमेत रहनुभएका बौद्धिक अपाङ्गता अभिभावक  महासङ्घ नेपालका अध्यक्ष राजु बस्नेतले कुनै पनि रूपले अपाङ्गता भएका नागरिकहरूका लागि उनीहरूको क्षमताअनुसारको कार्यक्रम ल्याएर वृद्धि विकास गर्नुपर्ने र अन्य मानिसहरू जतिकै सम्मान पाउनुपर्ने बताउनुभएको थियो ।

समावेशी शिक्षाको सवालमा शिक्षकहरुलाई तालिमा कार्यक्रम ।

अन्य व्यक्तिहरू जस्तै अपाङ्गता भएका व्यक्तिहरूका लागि पनि शिक्षा नै अति आवश्यक हुन्छ  । तर पनि अपाङ्गता अनुकलनको शैक्षिक सामाग्रीहरू, भौतिक संरचनाको अभाव लगायतका विविध कारणले अधिकांश अपाङ्गता भएका व्यक्तिहरूलाई शिक्षाको पहुँचमा पुग्न  कठिनाइ भोगिरहेका छन् । अपाङ्गता भएका व्यक्तिहरूको शिक्षामा पहुँच बुद्धिका लागि  नेपाल अपाङ्ग मानव अधिकार केन्द्रले समावेशी शिक्षाको सवालमा सामुदायिक विद्यालय शिक्षक शिक्षिका हरूलाई २ दिने तालिम कार्यक्रमको आयोजना गरेको थियो । नेपालको संविधानले सबैका लागि अनिवार्य शिक्षा भनेको भएता पनि अधिकांश अपाङ्गता भएका व्यक्तिहरूले सहज रूपमा शिक्षा लिन पाएका छैनन् । हाम्रा भौतिक संरचनाहरू अपाङ्गता मैत्री नउद्या, अपाङ्गताको सही रूपमा पहिचान हुन नसक्नु, अपाङ्गता अनुकूलको पाठ्य सामाग्रीहरुको अभाव, दक्ष जनशक्ति तथा अपाङ्गता प्रतिको नकारात्मक सोच लगायतका कारणहरूले अन्य नागरिक सरह विद्यालयमा गएर आफू अनुकूल वातावरणमा शिक्षा लिने अवसरबाट वञ्चित भई रहेका छन् । नेपालमा समावेशी शिक्षाको अवधारण आएको लामो समय भइसकेको अवस्थामा अझै पनि कतिपय सामुदायिक विद्यालयहरूले भने विभिन्न बहानामा अपाङ्गता भएका बालबालिकाहरूलाई भर्ना गर्न मान्दैनन् । आर्थिक स्रोत धेरै लाग्ने  भनेर आफ्नो विद्यालयलाई अपाङ्गता मैत्री नबनाउने प्रवृति अझै विद्यमान रहेको छ  । अपाङ्गता भएका व्यक्तिहरूको शिक्षाको सवालमा धेरै नीति नियम तथा ऐन कानुनहरू बनेको भएता पनि अधिकांश अपाङ्गता भएका व्यक्तिहरूले सहज रूपमा शिक्षा लिन पाएको पाइँदैन । नेपालको संविधान २०७२ को धारा ३१ ले अपाङ्गता भएका बालबालिकाहरूलाई शिक्षा दिनु पर्दछ भनेको छ । त्यसै गरी अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी संयुक्त राष्ट्र सङ्घको महासन्धिको धारा २४ ले सबै तहका समावेशी शिक्षा अबलम्बन गरिने छ भनिएको छ । नेपाल अपाङ्ग मानव अधिकार  विगत दुई दशक भन्दा बढी देखि अपाङ्गता भएका व्यक्तिहरूको मानव अधिकारको क्षेत्रमा काम गरिरहेको गैर नाफामूलक सामाजिक संस्था हो जसले विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय सङ्घ सस्थासँग हातेमालो गरी अपाङ्गता भएका व्यक्तिहरूका आधारभूत मान्यतालाई स्थापित गराउन नीतिगत तह देखि कार्यान्वयन तहसम्म वकालत एवं पैरवी गरिरहेको पाइन्छ ।  अपाङ्गता भएका बालबालिकाहरुका लागि गुणस्तरीय शिक्षाका अवसरहरूमा समतामूलक पहुँच सुनिश्चित एव अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यकता अनुरूप गुणस्तरीय जीवन उपयोगी सिपमूलक र रोजगारमुखी शिक्षाको अवसर प्रदान हुने नै समावेशी शिक्षाको मान्यता व्यवहारमा लागु गर्नु हो । अपाङ्गता भएका व्यक्तिहरूलाई शिक्षाको पहुँचमा वृद्धिका लागि केही नीतिगत कामहरू भए पनि विभिन्न अवरोधका कारण अझै पनि उनीहरू शिक्षामा जोडिन सकेका छैनन् । अपारता भएका बालबालिकाको लागी गुणस्तरीय शिक्षाका अवसरहरूमा समतामूलक पहुँच सुनिश्चित एवम् अपारता भएका व्यक्तिहरूलाई आवश्यकता अनुरूप गुणस्तरीय जीवन उपयोगी सिपमूलक र रोजगारमुखी शिक्षाको अवसर प्रदान गर्नु नै समावेशी शिक्षाको मान्यता व्यवहारमा लागु गर्नु हो जसका लागि राज्य देखि सबै तह तप्काका नागरिक लाग्नुपर्ने आवश्यक देखिन्छ ।नेपालमा २०२१ सालमा दृष्टि विहीन बालबालिकाका लागि एकीकृत विद्यालय २०२३ सालमा बहिरा बालबालिकाका लागि विशेष विद्यालय २०२६ सालमा दृष्टि विहीन र शारीरिक अपाङ्गता र २०३८ बौद्धिक अपाङ्गता भएका बालबालिकाका लागि विशेष सुरुवात भएको थियो । सरकारले अपाङ्गता भएका बिद्यार्थीहरुको शिक्षामा पहुँचका लागि विशेष शिक्षा नीति तर्जुमा गरिसकेको भएता पनि अपाङ्गता भएका व्यक्तिहरूले  अझै पनि त्यो पूर्ण रूपमा महसुस गर्न पाएका छैनन् ।

अपाङ्गता भएका व्यक्तिहरुका सेवा सुविधाका विषयमा १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न ।

अपाङ्ग भएका महिलाहरुको महासंघ नेपालको आयोजना एवम् महिला, बालबालिका  तथा जेष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोगमा अपाङ्गता भएका महिलाहरुको क्षमता बिकास तथा सचेतना जगाउने उद्धेश्यले  अपाङ्गता भएका  व्यक्तिहरुका सेवा सुविधाका विषयमा १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, अपाङ्गता अधिकार प्रवर्द्धन शाखाका शाखा अधिकृत नर बहादुर चन्द, अपाङ्गता अधिकारकर्मी किरण शिल्पाकार, रमा ढकाल, मिना पौडेल र निर्मला धिताल गरी ४ सहजकर्ताहरुले बिभिन्न ४ वटा शीर्षकहरुमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो  भएको कार्यक्रममा  समानताको लागि आवाज भक्तपुरका प्रतिनिधिहरु सुरेश राजभण्डारी, मुना मुलेपती, रिता श्रेष्ठ, रेस्मा श्रेष्ठ लगायत संस्थाको सम्पूर्ण टिम सहभागी थियो भने  एभरेस्ट बोर्डिङ स्कुलका टिमले पनि कार्यक्रमलाई सहयोग गरेको थियो ।