त्रियुगा नमुना माध्यमिक विद्यालय गाईघाटमा अध्ययनरत बौद्धिक अपाङ्गता भएका बालबालिकालाई आवश्यक सामग्री वितरण गरिएको छ । त्रियुगा नमुना माविको प्राङ्गणमा एक कार्यक्रमका बिच त्रियुगा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेतको प्रमुख आतिथ्यमा खेलकुदका सामग्री लगायत पोसाक वितरण गरिएको सो कार्यक्रममा त्रियुगा नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरू, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू, शिक्षकहरू एवं अभिभावकहरूको उपस्थिति रहेको थियो । उदयपुर त्रियुगा बौद्धिक अपाङ्ग अभिभावक सङ्घका अध्यक्ष बिकेन्द्र दनुवारको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बौद्धिक अपाङ्गता अभिभावक महासङ्घ नेपालका केन्द्रिय अध्यक्ष राजु बस्नेतको विशेष आतिथ्यमा त्रियुगा माविमा अध्ययनरत ३० बौद्धिक अपाङ्ग भएका बालबालिकाहरूलाई सम्मानसहित आवश्यक सामग्री वितरण गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख बस्नेतले बौद्धिक रूपमा मात्र नभएर कुनै पनि रूपले अपाङ्ग भएका बालबालिकाहरूलाई नगरले संरक्षण गर्ने बताएका थिए । यस्तै कार्यक्रममा बोल्दै विशेष अतिथिसमेत रहनुभएका बौद्धिक अपाङ्गता अभिभावक  महासङ्घ नेपालका अध्यक्ष राजु बस्नेतले कुनै पनि रूपले अपाङ्गता भएका नागरिकहरूका लागि उनीहरूको क्षमताअनुसारको कार्यक्रम ल्याएर वृद्धि विकास गर्नुपर्ने र अन्य मानिसहरू जतिकै सम्मान पाउनुपर्ने बताउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published.

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>