४ असार २०८०, सुन्ताखान

नेपाल अपाङ्ग मानव अधिकार केन्द्रले गोकर्णेश्वर नगरपालिकाको सहयोगमा गोकर्णेश्वर नगरपालिका  वडा नम्बर ३  सुन्ताखानामा अपाङ्गता भएका व्यक्तिहरुको कानुनी व्यवस्था तथा सेवा सुविधा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल अपाङ्ग मानव अधिकार केन्द्रका कार्यकारी निर्देशक जगदीश प्रसाद अधिकारीको अध्यक्षता तथा गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख सान्नानी लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो अभिमुखीकरण कार्यक्रम गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष मुरारी प्रसाद कुइकेलको विशेष आतिथ्यता रहेको थियो भने सोहि वडाका वडा सदस्य लक्ष्मी भण्डारी, गोकर्णेश्वर नगरपालिकाका समाज कल्याण तथा सामाजिक समावेशिकरण शाखाका शाखा प्रमुख गोमा प्रसाई र सोहि शाखाका शाखा अधिकृत भिमा थापा र अपाङ्गता भएका महिलाहरुको महासंघ नेपालका अध्यक्ष निर्मला धितालको आतिथ्यता रहेको थियो ।

गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ भित्र बसोबास गर्ने विभिन्न प्रकृतीका अपाङ्गता भएका व्यक्तिहरु र उहाँहरुका अभिभावकहरुको सहभागिता रहेको उक्त कार्यक्रममा नेपाल अपाङ्ग मानव अधिकार केन्द्रका कार्यकारी निर्देशक जगदीश प्रसाद अधिकारीले अपाङ्गता भएका व्यक्तिहरुको कानुनी व्यवस्था तथा सेवा सुविधा सम्बन्धी अभिमुखीकरण गराउदै राज्यले प्रदान गरेका सेवा सुविधा अपाङ्गता भएका व्यक्तिहरुले निसर्त उपभोग गर्न पाउनुपर्ने बताउनुभएको थियो ।

त्यसैगरी अपाङ्गता क्षेत्रमा लामो समयदेखि क्रियाशिल अधिकारक्रमी एवम् अपाङ्गता भएका महिलाहरुको महासंघ नेपालका अध्यक्ष निर्मला धितालले नेपाल सरकारले अपाङ्गता भएका व्यक्तिहरुलाई व्यवस्था गरेका विभिन्न सेवा सुविधाहरु बारे सहभागिहरुलाई जानकारी गराउनुभएको थियो ।

कार्यक्रमको विषेश अतिथि समेत रहनुभएका गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष मुरारी प्रसाद कुइकेलले अपाङ्गता भएका व्यक्तिहरुलाई अभिमुखीकरण गराउनुभएकोमा आयोजक सस्था प्रति धन्यवाद व्यक्त गर्नुहुदै वडाको तर्फबाट आगामी दिनमा यस्ता कार्यक्रमहरु आयोजना गरिने प्रतिबद्दता व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उक्त कार्यक्रमका प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख सान्नानी लामाले अपाङ्गता भएका व्यक्तिहरुका हक अधिकार स्थापित गर्न नगरपालिका लागिरहेको र आगामी दिनमा पनि यस्ता अभिमुखिकरण कार्यक्रममा नगरपालिकाको तर्फबाट प्राथमिकताका साथ अगाडी बढाइने  धारणा राख्नुभएको थियो ।

३० जना भन्दा बढिको सहभागिता रहेको सो अभिमुखिकरण कार्यक्रममा सहभागि अधिकाशं अपाङ्गता भएका व्यक्तिहरुले कार्यक्रममा सहभागि भएर आफ्ना हक अधिकार सेवा सुविधा थाहा पाउने अवसर प्राप्त भएको प्रतिक्रिया जनाउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published.

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>