नेपाल राष्ट्र बैङ्कमा ध्यानकर्षण पत्र बुझाईयो

काठमाडौं । नेपाल अपाङ्ग मानव अधिकार केन्द्रको आयोजना तथा ओपन सोसाइटी फाउण्डेशनको सहयोगमा आज नेपाल राष्ट्र बैंकमा अपाङ्गता भएका व्यक्तिहरुलाई बैकिङ् सेवा सुविधामा सहजता गराइदिने भनि ध्यानाकर्षण पत्र बुझाइयो ।

सोही क्रममा नेपाल अपाङ्ग मानव अधिकार केन्द्रका अध्यक्ष जगदिश प्रसाद अधिकारले ध्यानाकर्षण पत्रमा उल्लेख गरिएका मागहरु पढेर सुनाएर नेपाल राष्ट्र बैंकका वित्तिय संस्था नियमन विभागका प्रवक्ता एवं कार्यकारी निर्देशक नारायण प्रसाद पौडेललाई हस्तान्तरण गरे ।

सोही क्रममा दृष्टिविहिन महिला सरिता लामिछानेले बैंकिङ् सेवाहरु अन्र्तगत एटिएम बुथ तथा कार्डहरु, बैंकका संरचनाहरु अपाङ्गता मैत्री नभएको बताउँदै दृष्टिविहिन अपाङ्गता भएका व्यक्तिहरुका लागि खाता खोल्न समेत कठिनाई भएको बताइन ।

त्यसैगरी अपाङ्गता भएका व्यक्तिहरुका लागि स्वावलम्वन जीवन पद्धती केन्द्रका ललितपुरका अध्यक्ष भोजराज श्रेष्ठले सबै बैंकहरुमा अपाङ्गता अनुकुलको वातावरण तथा संरचनाहरु निर्माण गर्नको लागि र सेवा सुविधा उपलब्ध गराउनको लागि अन्य बैंक तथा वित्तिय संस्थाहरुलाई निर्देशन दिनुहुनको लागि अनुरोध गरे ।

उक्त कार्यक्रमा नेपाल नेत्रहिन संघका अध्यक्ष रमेश पोखरेलले दृष्टिविहिन व्यक्तिहरुले बैंकमा खाता खोल्दा उनीहरुलाई चेक बुक नदिने, एटिएम कार्ड नदिने, एटिएम मेशिनहरु दृष्टिविहिन अनुकुल तथा अपाङ्गता मैत्री बनाउनु पर्ने कुरामा जोड दिए । उनले दृष्टिविहिन व्यक्तिहरुले पैसा चिन्न सक्ने मेशिनहरुको प्रविधिलाई नेपालमा पनि प्रयोग गराउनु पर्ने बताए ।

त्यसैगरी सो ध्यानकार्षण पत्र बुझाउने क्रममा नेपाल अपाङ्ग महिला संघकी अध्यक्ष निर्मला धितालले बैंकिङ् सेवा सुविधाहरुलाई अपाङ्गता अनुकूलको बनाउनुको साथै एउटा बैंकले एक जना अपाङ्गता भएका व्यक्तिहरुको लागि रोजगारीको पनि पनि पहल गर्नु पर्ने कुरामा जोड दिए ।

राष्ट्रिय बहिरा तथा सुस्तश्रवण संघकी अध्यक्ष लक्ष्मी महर्जन देवकोटाले बैंकका कर्मचारीहरुलाई पनि साङ्केतिक भाषाको तालिम दिन जरुरी रहेको बताइन ।

सोही क्रममा आयोजक संस्था नेपाल अपाङ्ग मानव अधिकार केन्द्रका महासचिव जगदिश प्रसाद अधिकारीले बैंकिङ् सेवा सुविधा उपलब्ध गराउने क्रममा अपाङ्गता भएका व्यक्तिहरुलाई प्राथामिकता दिनु पर्ने बताए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका वित्तिय संस्था नियमन विभागका प्रवक्ता एवं कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलले सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरुलाई अनुकुल हुने गरी बैंकिङ सेवा उपलब्ध गराउने, अब बन्ने बैंकका संरचनाहरु अपाङ्गता मैत्री बनाउने कुरामा आफूहरु गम्भीर हुने बताए ।

प्रकाशित मिति: २०७५/०७/१३

Sign In

Register

Reset Password

Please enter your username or email address, you will receive a link to create a new password via email.