अपाङ्गता भएका व्यक्तिहरुका सेवा सुविधाका विषयमा १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न ।

अपाङ्ग भएका महिलाहरुको महासंघ नेपालको आयोजना एवम् महिला, बालबालिका  तथा जेष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोगमा अपाङ्गता भएका महिलाहरुको क्षमता बिकास तथा सचेतना जगाउने उद्धेश्यले  अपाङ्गता भएका  व्यक्तिहरुका सेवा सुविधाका विषयमा १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, अपाङ्गता अधिकार प्रवर्द्धन शाखाका शाखा अधिकृत नर बहादुर चन्द, अपाङ्गता अधिकारकर्मी किरण शिल्पाकार, रमा ढकाल, मिना पौडेल र निर्मला धिताल गरी ४ सहजकर्ताहरुले बिभिन्न ४ वटा शीर्षकहरुमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो  भएको कार्यक्रममा  समानताको लागि आवाज भक्तपुरका प्रतिनिधिहरु सुरेश राजभण्डारी, मुना मुलेपती, रिता श्रेष्ठ, रेस्मा श्रेष्ठ लगायत संस्थाको सम्पूर्ण टिम सहभागी थियो भने  एभरेस्ट बोर्डिङ स्कुलका टिमले पनि कार्यक्रमलाई सहयोग गरेको थियो ।

Sign In

Register

Reset Password

Please enter your username or email address, you will receive a link to create a new password via email.