आय-आर्जन

नेपाल अपाङ्ग मानव अधिकार केन्द्रको आयोजना तथा यू.के.एड् को सहयोग र डि.डि.पी. को साझेदारीमा यही बैशाख १२ र १९ गते आएको विनाशकारी भूकम्प पश्चात अपाङ्गता भएका व्यक्तिहरुको आय-आर्जन विषयमा एक दिने अन्तर्क्रिया कार्यक्रम काठमाण्डौमा सम्पन्न गरियो ।

सो कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष जगदिश प्रसाद अधिकारीले यो विनाशकारी भूकम्पको कारण अधिकांश अपाङ्गता भएका व्यक्तिहरुको रोजगारीको अवसर गुमेको कारण आगामी दिनमा उनीहरुको जीवन यापनको लागि आय-आर्जन तथा स्वरोजगारीका लागि काम गर्नु पर्ने बताउनु भयो । त्यसै गरी नेपाल अपाङ्ग महिला संघ नेपालकी अध्यक्ष निर्मला धितालले अपाङ्गता भएका व्यक्तिहरुलाई रोजगार बनाउनका लागि अपाङ्गता भएका व्यक्तिहरुलाई उपयुक्त हुने गरी नीति नियम बनाएर बजार व्यवस्थापन गर्न सरोकारवाला निकायको ध्यान जानु पर्ने बताउनु भयो भने नेपाल अन्धाकल्याण संघका अध्यक्ष कुमार थापाले अपाङ्गता भएका व्यक्तिहरुको आय-आर्जन तथा स्वरोजगारीको विकास र वृद्धिको लागि बजार व्वयस्थापन गर्नु पर्ने कुरामा जोड दिनु भयो ।

त्यसै गरी राष्ट्रिय अपाङ्ग महासंघ नेपालकी महासचिव टिका दहालले भूकम्प प्रभावित जिल्लाहरुमा अपाङ्गता भएका व्यक्तिहरुले सञ्चालन गर्दै आएको व्वसायलाई छोड्नु पर्दा जीवन निर्वाह गर्न कठिन भएको बताउदै अबका दिनमा नेपाल सरकारले भूकम्प प्रभावित अपाङ्गता भएका व्यक्तिहरुलाई बिना धितो ऋण उपलब्ध गराउने तर्फ ध्यना दिनु पर्ने बताउनु भयो ।  तयसै गरी युवा स्वरोजगार कोषका कार्यकारी निर्देशक बिनोद गुरागाँइले अपाङ्गता भएका व्याक्तिहरुको आय आर्जनमा बृद्धि गर्न स्वरोजगार तथा व्यवसाय सञ्चालन गर्नको लागि युवा स्वरोजगार तयार रहेको यसको लागि युवा स्वरोजगार कोषबाट लिएको रकम तिर्नु पर्ने बताउनु भयो । साथै उहाँले अपाङ्गता भएका व्याक्तिहरुको क्षमतालाई अगाडी बढाउनका लागि सहकारी मार्फत अगाडी बढाउन सकिने भन्दै यसको लागि आवश्यक सहयोग गर्न तयार रहेको बताउनु भयो । त्यसै गरि अपाङ्गता भएका व्याक्तिहरुका लागि स्वावलम्वन जीवन पद्धती केन्द्र काठमाण्डौका सदस्य भोजराज श्रेष्ठले बजार व्यवस्थापनलाई प्रोत्साहन दिनुपर्ने बताउनु भयो भने  नेपाल नेत्रहिन सघंका अध्यक्ष रमेश पोखरेलले अवका दिनमा अपाङ्गता भएका व्याक्तिहरुको आय आर्जनका लागि स्वरोजगार तथा रोजगारको लागि कार्यक्रमहरु ल्याउनु पर्ने अब बन्ने भौतिक संरचनाहरु अपाङ्गता मैत्री हुनु पर्ने कुरामा जोड दिनु भयो । त्यसै गरी डाउन सिन्ड्रोम समाज नेपालकी अध्यक्ष शिला थापाले अपाङ्गता भएका व्याक्तिहरुको आय आर्जन तथा रोजगारीको लागि बजार व्यवस्थापामाध्यान दिनुको साथै घरयासी काम सम्वन्धि तालिमको व्वस्था गरी आरक्षण गर्नु पर्ने कुरामा जोड दिनु भयो ।  त्यसै गरी नेपाल अपाङ्ग मानव अधिकार केन्द्रका सदस्य दिपेन्द्र शाक्यले असक्त अपाङ्गता भएका व्याक्तिहरुलाई काम गर्ने अवसर दिएमा उक्त अवसरको सदुपयोग गर्न सक्ने बताउनु भयो । उक्त कार्यक्रममा नेपाल अपाङ्ग मानव अधिकार केन्द्रका महासचिव एवं कार्यकारी निर्देशक महेश्वर धिमिरेले अपाङ्गताको प्रकारको आधारमा आय आर्जन तथा रोजगारीका अवसरहरु उपलव्ध गराउन सरोकारवाला निकायहरले ध्यान दिनु पर्ने बताउनु भयो । सो अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ का अध्यक्ष सुदर्शन सुवेदीले अपाङ्गता भएका व्याक्तिहरुका लागि भौगोलिक सिमितता हटाएर कृषि सहकारीमा जोड दिनु पर्ने बताउनु भयो । त्यसै गरि महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयकी उपसचिव हुमकला पाण्डेले अपाङ्गता भएका व्याक्तिहरुलाई पनि स्वरोजगार तथा आय आर्जन सम्वन्धी तालिमको वर्गिकरण गरि तालिम उपलव्ध गराउने उनीहरुको क्षमता अभिवृद्धि गर्नको लागि काम गर्ने बताउनु भयो । सो कार्यक्रमका प्रमुख अतिथि एवंम महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सह सचिव शंकर प्रसाद पाठकले अपाङ्गता भएका व्याक्तिहरुको आय आर्जनका लागि अवसर तथा विकल्पको खोजी गरेमा उनिहरुको क्षमता अभिवृद्बिको लागि सहयोग गर्न मन्त्रालय तयार रहेको बताउनु भयो ।  साथै भुकम्प प्रभावित र भुकम्पको कारण अपाङ्गता भएका व्याक्तिहरु साथै पूर्ण अपाङ्गता भएका व्यक्तिहरुको संरक्षणका लागि बिउ पूँजी उपलब्ध गराउने, बजार व्यवस्थापनको लागि पहल गर्ने, साङ्केतिक भाषाको तालिम उपलब्ध गराउनेकुरामा मन्त्रालय सहयोग गर्न तयार रहेको बताउनु भयो ।

Sign In

Register

Reset Password

Please enter your username or email address, you will receive a link to create a new password via email.