नेपाल प्रहरी प्रतिष्ठानमा ध्यानकर्षण पत्र बुझाईयो

ओपन सोसाइटी फाउण्डेसन (OSF) को सहयोग  र नेपाल अपाङ्ग मानव अधिकार केन्द्रको आयोजनामा मिति २०७५ श्रावण ८ गते राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रहरी नायब महानिरिक्षक तथा उक्त प्रतिष्ठानका कार्यकारी निर्देशक पुष्कर कार्कीलाई भेटगरी ध्यानकर्षण पत्र बुझाइयो । सो भेटमा आयोजक संस्था नेपाल अपाङ्ग मानव अधिकार केन्द्रका महासचिव जगदिश प्रसाद अधिकारीले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले उपलब्ध गराउने तालिमहरुमा अपाङ्गता भएका व्यक्तिहरुका सवालमा परेका उजुरीलाई प्राथामिकता दिनु पर्ने, तालिम निर्देशिका, पाठ्यक्रम तथा सामाग्रीहरुलाई उल्लेख गर्नु पर्ने लगाएतका सवालहरुलाई समावेश गर्ने मागहरु प्रस्तुत गरिएको ध्यानकर्षण पत्र बुझाउनु भएको थियो ।

सो भेटघाट कार्यक्रममा अपाङ्गता अधिकार र विकासका लागि क्रियाशिल नेपाल (एड्राड) का अध्यक्ष डा. विरेन्द्रराज पोखरेलले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले प्रहरीहरुलाई साङ्केतिक भाषाको तालिम दिनु पर्ने बताउनु भयो । त्यसै गरी नेपाल अपाङ्ग महिला संघकी अध्यक्ष निर्मला धितालले अपाङ्गता मैत्री भौतिक संरचना तथा वेब साइटहरु निर्माण गर्ने तर्फ पनि प्रतिष्ठानले ध्यान दिनु पर्ने बताउनु भयो । सोही क्रममा आयोजक संस्था नेपाल अपाङ्ग मानव अधिकार केन्द्रका महासचिव जगदिश प्रसाद अधिकारीले तालिम पाठ्यक्रमहरुमा नै अपाङ्गता भएका व्यक्तिहरुका सवालहरुलाई समेट्नु पर्ने कुरामा जोड दिनु भयो ।

 

त्यसै गरी नेपाल नेत्रहिन संघका निर्देशक नरबहादुर लिम्बुले सो प्रतिष्ठानले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी महासन्धिको भावना अनुरुप पाठ्यक्रमको व्यवस्था गर्नु पर्ने बताउनु भयो । सो कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालकी उपाधयक्ष टिका दाहालले अपाङ्गता पहिचान गर्न सक्ने गरी तालिम उपलब्ध गराउन जरुरी रहेको बताउनु भयो भने बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालका अध्यक्ष राजु बस्नेतले तालिम पुस्तिकामा अपाङ्गतालाई सम्मानजनक शब्द प्रयोग गर्नु विषयमा पनि ध्यान दिन अनुरोध गर्नु भयो ।

सोही क्रममा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रहरी नायब महानिरिक्षक तथा उक्त प्रतिष्ठनाका कार्यकारी निर्देशक पुष्कर कार्कीले कार्यलयलाई अपाङ्गता मैत्री बनाउने, तालिम निर्देशिकाहरु तथा पाठ्क्रमहरु अपाङ्गता अनुकूल बनाउने, प्रशिक्षर्थीहरुलाई सबै प्रकारका अपाङ्गताको विषयमा जानकारी मूलक पाठ्यक्रम विकास गर्ने कुरामा प्रतिवद्धता व्यक्त गर्नु भयो । उक्त कार्यक्रममा अपाङ्गताको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०७५/०४/०८

Sign In

Register

Reset Password

Please enter your username or email address, you will receive a link to create a new password via email.

Hacklink Panel
Antalya Escort
Bahis Forum
streameast
streameast
StreamEast
Antalya Escort Bayan
https://mardindeki.com/
https://birkerhane.com/
Batumi Escort
Mardin Escort
Mardin Escort
Mardin Escort
betra giriş
betosfer giriş
betra
İstanbul Escort
İstanbul Escort
Antalya Escort Bayan