अन्य व्यक्तिहरू जस्तै अपाङ्गता भएका व्यक्तिहरूका लागि पनि शिक्षा नै अति आवश्यक हुन्छ  । तर पनि अपाङ्गता अनुकलनको शैक्षिक सामाग्रीहरू, भौतिक संरचनाको अभाव लगायतका विविध कारणले अधिकांश अपाङ्गता भएका व्यक्तिहरूलाई शिक्षाको पहुँचमा पुग्न  कठिनाइ भोगिरहेका छन् । अपाङ्गता भएका व्यक्तिहरूको शिक्षामा पहुँच बुद्धिका लागि  नेपाल अपाङ्ग मानव अधिकार केन्द्रले समावेशी शिक्षाको सवालमा सामुदायिक विद्यालय शिक्षक शिक्षिका हरूलाई २ दिने तालिम कार्यक्रमको आयोजना गरेको थियो । नेपालको संविधानले सबैका लागि अनिवार्य शिक्षा भनेको भएता पनि अधिकांश अपाङ्गता भएका व्यक्तिहरूले सहज रूपमा शिक्षा लिन पाएका छैनन् । हाम्रा भौतिक संरचनाहरू अपाङ्गता मैत्री नउद्या, अपाङ्गताको सही रूपमा पहिचान हुन नसक्नु, अपाङ्गता अनुकूलको पाठ्य सामाग्रीहरुको अभाव, दक्ष जनशक्ति तथा अपाङ्गता प्रतिको नकारात्मक सोच लगायतका कारणहरूले अन्य नागरिक सरह विद्यालयमा गएर आफू अनुकूल वातावरणमा शिक्षा लिने अवसरबाट वञ्चित भई रहेका छन् । नेपालमा समावेशी शिक्षाको अवधारण आएको लामो समय भइसकेको अवस्थामा अझै पनि कतिपय सामुदायिक विद्यालयहरूले भने विभिन्न बहानामा अपाङ्गता भएका बालबालिकाहरूलाई भर्ना गर्न मान्दैनन् । आर्थिक स्रोत धेरै लाग्ने  भनेर आफ्नो विद्यालयलाई अपाङ्गता मैत्री नबनाउने प्रवृति अझै विद्यमान रहेको छ  । अपाङ्गता भएका व्यक्तिहरूको शिक्षाको सवालमा धेरै नीति नियम तथा ऐन कानुनहरू बनेको भएता पनि अधिकांश अपाङ्गता भएका व्यक्तिहरूले सहज रूपमा शिक्षा लिन पाएको पाइँदैन । नेपालको संविधान २०७२ को धारा ३१ ले अपाङ्गता भएका बालबालिकाहरूलाई शिक्षा दिनु पर्दछ भनेको छ । त्यसै गरी अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी संयुक्त राष्ट्र सङ्घको महासन्धिको धारा २४ ले सबै तहका समावेशी शिक्षा अबलम्बन गरिने छ भनिएको छ । नेपाल अपाङ्ग मानव अधिकार  विगत दुई दशक भन्दा बढी देखि अपाङ्गता भएका व्यक्तिहरूको मानव अधिकारको क्षेत्रमा काम गरिरहेको गैर नाफामूलक सामाजिक संस्था हो जसले विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय सङ्घ सस्थासँग हातेमालो गरी अपाङ्गता भएका व्यक्तिहरूका आधारभूत मान्यतालाई स्थापित गराउन नीतिगत तह देखि कार्यान्वयन तहसम्म वकालत एवं पैरवी गरिरहेको पाइन्छ ।  अपाङ्गता भएका बालबालिकाहरुका लागि गुणस्तरीय शिक्षाका अवसरहरूमा समतामूलक पहुँच सुनिश्चित एव अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यकता अनुरूप गुणस्तरीय जीवन उपयोगी सिपमूलक र रोजगारमुखी शिक्षाको अवसर प्रदान हुने नै समावेशी शिक्षाको मान्यता व्यवहारमा लागु गर्नु हो । अपाङ्गता भएका व्यक्तिहरूलाई शिक्षाको पहुँचमा वृद्धिका लागि केही नीतिगत कामहरू भए पनि विभिन्न अवरोधका कारण अझै पनि उनीहरू शिक्षामा जोडिन सकेका छैनन् । अपारता भएका बालबालिकाको लागी गुणस्तरीय शिक्षाका अवसरहरूमा समतामूलक पहुँच सुनिश्चित एवम् अपारता भएका व्यक्तिहरूलाई आवश्यकता अनुरूप गुणस्तरीय जीवन उपयोगी सिपमूलक र रोजगारमुखी शिक्षाको अवसर प्रदान गर्नु नै समावेशी शिक्षाको मान्यता व्यवहारमा लागु गर्नु हो जसका लागि राज्य देखि सबै तह तप्काका नागरिक लाग्नुपर्ने आवश्यक देखिन्छ ।नेपालमा २०२१ सालमा दृष्टि विहीन बालबालिकाका लागि एकीकृत विद्यालय २०२३ सालमा बहिरा बालबालिकाका लागि विशेष विद्यालय २०२६ सालमा दृष्टि विहीन र शारीरिक अपाङ्गता र २०३८ बौद्धिक अपाङ्गता भएका बालबालिकाका लागि विशेष सुरुवात भएको थियो । सरकारले अपाङ्गता भएका बिद्यार्थीहरुको शिक्षामा पहुँचका लागि विशेष शिक्षा नीति तर्जुमा गरिसकेको भएता पनि अपाङ्गता भएका व्यक्तिहरूले  अझै पनि त्यो पूर्ण रूपमा महसुस गर्न पाएका छैनन् ।

Leave a Reply

Your email address will not be published.

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>